FAQs Complain Problems

दंगीशरणमा माघी मेला संचालन हुने

दंगीशरण गाउँपालिकाको आयोजनामा यस वर्ष पनि थारु जातिको महान चाड तथा नयाँ वर्ष माघी पर्वको अवसरमा माघी मेला संचालन हुने भएको छ । यही पौष महिनाको २५ र २६ गते दंगीशरण गाउँपालिका वडा नं. ३ मा रहेको विरेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा मेला संचालन गर्नको लागि तयारी अन्तिम चरणमा पुगेको मेला संचालन मूल समारोह समितिका अध्यक्ष एवं दंगीशरण गाउँपालिका वडा नं. १ का वडाध्यक्ष श्रीप्रसाद चौधरीले जानकारी दिनुभयो ।

"दंगीशरण माघी मेलामा जाऔं , हराउँदै गएको थारु संस्कृती परम्परा बचाऔं " भन्ने मूल नारा सहित मेला संचालन हुन लागेको र सो मेलालाई  भव्य बनाउनको लागि विभिन्न विधामा थारु नाच प्रतियोगिता सहित अन्त थप प्रतियोगितात्मक कार्यक्रम राखिएको मेला समारोह समितिका सदस्य सचिव मस्तविर चौधरीले जानकारी दिनुभयो । मेलामा थारु संस्कृती झल्कले झाँकी हरु सहित विविध परिकारहरु पनि राखिने भएको छ ।

मेलामा सहभागी हुनको लागि दंगीशरण गाउँपालिका र मेला संचालन समितिले सम्पूर्ण सबैमा अनुरोध गरेको छ ।

 

 

आर्थिक वर्ष: