सूचनाहरु
जनप्रतिनिधि तथा कर्मचारीबीच परिचयात्मक कार्यक्रम ।
दङ्गिशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरी र कर्मचारी बिचमा परिचयात्मक तथा निर्देशनात्मक कार्यक्रम सम्पन्न भएको छ । गाउँ पालिकालाइ सबल र सक्षम बनाउन कर्मचारीकाे हात रहेकाले सेवा ग्राहिहरुकाे कामलाई छिटाे , छरितो र पारदर्शी तरिकाले काम गर्न निर्देशन दिनुभयाे । कर्मचारीहरु बिच कुनै संघ संगठनकाे मतभेद नगरी सेवा दिने कामलाई मात्र ध्यान दिनुपर्ने बताउनुभयाे । जनप्रतिनिधि कर्मचारी बिच हातेमालाे भए मात्र दङ्गिशरणलाइ राम्रो , समृद्ध बनाउन सकिने कुरामा जाेड दिदै एकअर्काकाे सहयाेगि र मित्रबद्द तरिकाले काम गर्न निर्देशन दिनुभयाे ।
जेठ,९