सूचनाहरु
दंगीशरण गाउँपालिकाको परिचय
दंगीशरण गाउँपालिका लुम्बिनी प्रदेशको दाङ जिल्लामा रहेको एउटा स्थानीय तह हो ।साविकका गोल्टाकुरी , हेकुली , र श्रीगाउँ गाविस मिलेर बनेको दंगीशरण गाउँपालिकाको क्षेत्रफल ११०.७१ वर्ग किमि र जनसंख्या २३६६८ (२०७८ को जनगणना अनुसार) रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय हेकुलीमा रहेको छ ।
सीमानाः
पूर्वः तुलसीपुर उपमहानगरपालिका पश्चिमः बबई गाउँपालिका
उत्तरः शान्तिनगर गाउँपालिका दक्षिणः लमही नगरपालिका र बाँके जिल्ला
भौगोलिक अवस्थिती:
आक्षांश: २८००’५४.८२” देखि २८०९’१६” उत्तरी
देशान्तर: ८२०५’२८.७०” देखि ८२०१३’४०.७९” पूर्वी
वडा विवरणः
			क्र.सं
			वडा नं.
			परिवार संख्या
			जम्मा जनसंख्या
			पुरुष
			महिला
			परिवारको औषत
			लैंगिक अनुपात
			१
			१
			५९३
			२२४६
			१०२२
			१२२४
			३।७९
			८३।५
			२
			२
			७३९
			२९७९
			१३८८
			१५९१
			४।०३
			८७।२४
			३
			३
			८८८
			३५०६
			१६२९
			१८७७
			३।९५
			८६।७९
			४
			४
			६८४
			२९४६
			१४१९
			१५२७
			४।३१
			९२।९३
			५
			५
			९१९
			३७२४
			१७५९
			१९६५
			४।०५
			८९।५२
			६
			६
			१०४९
			४३७४
			२१३१
			२२४३
			४।१७
			९५।०१
			७
			७
			९५३
			३८९३
			१८४९
			२०४४
			४।०८
			९०।४६
			 
			जम्मा
			५८२५
			२३६६८
			१११९७
			१२४७१
			४।०६
			८९।७८
दंगीशरणको अधिकतम तापक्रम ३४.९ डिग्री सेल्सियससम्म पुग्छ भने हिउँदमा न्यूनतम ४.८ डिग्री सेल्सियससम्म पुग्न जान्छ । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरूको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार सबैभन्दा बढी थारु जाति १०,४७५ जना (४४.२५%), दोस्रोमा क्षेत्री ७२६३ जना (३०.६८%) र तेस्रोमा ब्राहृमण (पहाडी) ९४६ जना  (३.९९%) हरूको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०७८ को भाषा सम्बन्धी तथ्यांक अनुसार १३२९५ जना (५६.१७)को मातृभाषा नेपाली छ भने १०२६९ जना (४३.३८) जनाको मातृभाषा थारु रहेको छ । यस्तै २३ जनाको  नेपालभाषा (नेवारी) , ६० जनाको मगर धुत र १० जनाको मातृभाषा संस्कृत रहेको छ ।
गाउँपालिकाको औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ भने स्थानीय बासिन्दाको अरु आम्दानीको श्रोतको रुपमा साना उद्योग, व्यापार, सेवामुलक व्यवसाय, नोकरीको साथै वैदेशिक रोजगारी पनि हो । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम अत्यधिक बढिरहेको छ । यस गाउँपालिकामा आधारभूत देखि उच्च शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्था पर्याप्त मात्रामा रहेका छैनन् ।
प्राविधिक तथा थप गुणस्तरीय शिक्षाको लागि गाउँपालिकाबाट अध्ययनका लागि स्थानीय विद्यार्थीका अन्य क्षेत्र जाने गरेका छन् । अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चार्डपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघी, होली, महाशिवरात्री, रामनवमी, कृष्णजन्माष्टमी, बकरइद, अट्वारी, बुद्ध जयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चार्डपर्वको रुपमा रहेको पाईन्छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    