दंगीशरण गाउँपालिका प्रदेश नं. ५ को दाङ जिल्लामा रहेको एउटा स्थानीय तह हो ।साविकका गोल्टाकुरी , हेकुली , र श्रीगाउँ गाविस मिलेर बनेको दंगीशरण गाउँपालिकाको क्षेत्रफल ११०.७१ वर्ग किमि र जनसंख्या २१४८४ (२०६८ को जनगणना अनुसार) रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय ३ नं. वडामा पर्ने हेकुलीमा रहेको छ ।