FAQs Complain Problems

गोलटाकुरीमा दंगीशरण गाउँपालिका वडा नम्वर १ र २ को सार्वजनिक सुनुवाई

दंगीशरण गाउँपालिका वडा नम्वर १ र २ को सार्वजनिक सुनुवाई गोल्टाकुरीमा भएको छ । गाउँपालिकाको आयोजना तथा तुलसीपुर मिडियाको सहजीकरणमा स्थानीयस्तरमा भएका विकास निर्माणका काम, स्थानीय तहको सेवा प्रवाह र जनताको गुनासा व्यवस्थापन गर्न सोमबार गोल्टाकुरीमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।
गाउँपालिका अध्यक्ष भागीराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको सार्वजनिक सुनुवाई कार्यक्रममा उठेका गुनासोहरुलाई सम्बोधन गर्दै गाउँपालिकाका प्रमुख चौधरीले गाउँपालिकाले जनताका गुनासा तथा सुझावको सम्मान गर्दै आउँदा दिनमा समाधान गर्न नसकिएका कुराहरु समाधान गरेर जाने बताएका छन् । कार्यक्रममा वडा नम्बर १ र २ का करिब दुई दर्जन बढी नागरिकले गाउँपालिका र वडाहरुले सञ्चालन गरेका योजना, कार्यक्रम तथा विभिन्न सेवा प्रवाह सम्बन्धमा आफ्ना गुनासा तथा सुझावहरु राखेका थिए ।

उनीहरुले विभिन्न योजना सञ्चालन हुँदा जनप्रतिनिधिहरुले मनोमानी तरिकाले उपभोक्ता समिति गठन गरेको, योजना अनुगमनमा समेत ध्यान नदिएको, योजना फरफारकमा समेत विभिन्न कुरा दिदै समस्या दिएको, विभिन्न निर्णयहरुसमेत गलत तरिकाले गरेको, खानेपानी र सिंचाईतर्फ पर्याप्त योजना छनौट नगरेको, साविकको गाविसमा भएका बाढी पीडितहरुको समस्यातर्फ ध्यान नपु¥याएको, जथाभावी नदीजन्य वस्तुहरु उत्खनन् हँुदासमेत ध्यान नपु¥याएको, वडा तथा गाउँपालिकाको विकास बजेट पहुँचको आधारमा विनियोजन गरेको, लक्षित कार्यक्रमहरु सञ्चालन हुन नसकिरहेको, सरकारी भवन हुँदाहुँदै भाडामा वडा कार्यालयहरु सञ्चालन गरेको भन्दै गाउँपालिका र वडाका जनप्रतिनिधिहरु समक्ष गुनासाहरु राखेका थिए ।
जनताहरुले राखेको गुनासोहरुको सम्बोधन गर्दै गाउँपालिका प्रमुख भागीराम चौधरीले जनताका आवश्यकता अनुसार चालु आर्थिक वर्षमा सडक र विद्युतलाई प्राथमिकतामा राखी गाउँपालिकाले योजनाहरु सञ्चालन गरेकोले आउने आर्थिक वर्षमा जनताको सुझाव अनुसारका योजनाहरुलाई प्राथमिकीकरण दिने बताएका थिए । उनले गाउँपालिकाले जिल्लामै अन्य स्थानीय तहभन्दा नमुना काममा जोड दिने बताउँदै आवश्यक कमी कमजोरीहरुलाई आउँदा दिनमा सुल्झाउँदै लगिने बताउँदै कर्मचारी र जनप्रतिनिधि मात्र नभएर उपभोक्ताहरुले पनि योजना सञचालन प्रकृया अगाडि बढाउँदा आवश्यक प्रकृया पु¥याएर काम सम्पन्न गरेमा त्यस्तो समस्या कम हुने उनले बताएका थिए ।
जिल्लाकै कम जनसंख्या र सानो भूगोल रहेको गाउँपालिकामा भौगलिक विकटताका कारण विकास निर्माणमा समस्या रहेपनि आफूहरु जनताको चाहना अनुसार नै योजनाहरुलाई अघि बढाउने सोचमा रहेको उनले बताए ।
जनताको गुनासोको व्यवस्थापन गरिने भन्दै गाउँपालिका भित्रको स्रोत तथा साधनको परिचालन गरी गाउँपालिकालाई आउँदा दिनमा अझ समृद्ध बनाइने उनको भनाइ रहेको थियो । कार्यक्रममा जनताका गुनासाहरुको सम्बोधन गर्दै गाउँपालिका उपाध्यक्ष पिमा खड्काले न्यायिक समितिमा विभिन्नखाले समस्याहरु लिएर आउने सेवाग्राहीको संख्या बढेर गएको बताउँदै आउँदो दिनमा न्यायिक समितिलाई अझ व्यवस्थित बनाइने उनले बताएकी छन् ।

विभिन्न योजनाहरु वडाहरुमा सञ्चालन भएपनि अनुगमनको पाटो फितलो भएको भन्ने जनताको गुनासोलाई ध्यान दिदै यदि कहिकतैबाट योजनाहरुमा लापरवाही भएको भए आउँदा दिनमा त्यसलाई सच्याएर जाने उनले प्रतिबद्धता जनाएकी छन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले जनताका जिज्ञासा तथा गुनासाहरुको कुराहरुलाई ख्याल गर्दै गाउँपालिकाले आउँदा दिनमा सेवाग्राहीको गुनासाहरुलाई मध्यनजर गर्ने बताएका छन् ।
सुशासन कायम गर्न जनता आफै चनाखो हुनुपर्ने बताएका बस्नेतले आर्थिक वर्षमा सञ्चालन भएका योजना तथा कार्यक्रम सफल रुपमा सञ्चालन तथा सम्पन्न गर्न सबैले खेलेको भूमिका प्रशंसनीय भएको बताएका थिए । कार्यक्रममा दंगीशरण गाउँपलिका वडा नम्बर १ का अध्यक्ष श्रीप्रसाद चौधरी, वडा नम्बर २ का अध्यक्ष तुलसीराम देवकोटा, गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विष्णु क्षेत्री, शिक्षा शाखा प्रमुख अनिल केसी, पशु शाखा प्रमुख भरत देवकोटा, गोल्टाकुरी स्वास्थ्य चौकी प्रमुख प्रदिप योगी, मावि मधपुरका प्रधानाध्यापक खेमराज बुढाथोकी लगायतले बोलेका थिए । कार्यक्रमको सहजीकरण तुलसीपुर मिडियाका गोपाल शर्मा भट्टराईले गरेका थिए ।

 

 

 

आर्थिक वर्ष: