FAQs Complain Problems

जिससको अनुगमन।

जिल्ला समन्वय समितिले दंगीशरण गाउँपालिकाको अनुगमन गरेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले गर्दै आएको भौतिकपुर्वाधारदेखि अन्य कामको बारेमा जानकारी लिएको थियो । 

जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको गएको टोलीले गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष र कर्मचारीसँग भैराखेको कार्यसम्पादनको बारेमा जानकारी लिएका थिए । गाउँपालिका प्रमुख भागिराम चौधरीले चालु आर्थिक वर्षमा विनियोजित ८० प्रतिशत योजना सम्झौता भैसकेको बताए ।

 ‘धेरै योजना सम्झौता भै सकेका छन । फार फरकको कामपनि भैराखेको छ’ अध्यक्ष चौधरीले भने ‘बाँकि योजना पनि सम्झौताको चरणमा छन ।’ अनुगमन टोलीमाजिल्ला समन्वयसमितिका सदस्यहरु जक्तबहादुर बस्नेत, सुभद्रा भण्डारी र सावित्रा रिजालको सहभागिता थियो ।अनुगमन कार्यक्रमको बारेमा जिल्ला समन्वय समितिका सबइञ्जिनियर रामकुमार आचार्यले सहजिकरण गरेका थिए ।

आर्थिक वर्ष: