सूचनाहरु
दंगीशरण गाउँपालिकाको १४ औ गाउँसभा ।
दंगीशरण चैत ७
दंगीशरण गाउँपालिकाले आफ्नो १४ औ गाउँसभा सम्पन्न गरेको छ । गाउँ सभाका सभा अध्यक्ष शम्भु गिरीले ४ वटा प्रस्ताब सभा समक्ष निर्णयार्थ प्रस्तुत गर्नुभएको थियो । निर्णयार्थ पेस गरीएका प्रस्ताबहरुमा आर्थिक बर्ष २०७९/८० को संसोधित बार्षिक योजना तथा कार्यक्रम संसोधन प्रस्ताब ,आर्थिक बर्ष २०७९/८० को अन्तिम लेखा परीक्षणको प्रारम्भिक प्रतीबेदन बाट औल्याइयका बेरुजुहरु फर्छ्यौटका लागी सम्परीक्षण गर्ने प्रस्ताब,१३ औ गाउँसभा देखी हालसम्म गाउँ कार्यपालिका बैठक बाट पारीत निर्णयहरुको अनुमोदनको प्रस्ताब र दंगीशरण गाउँपालिकाको खानेपानी तथा सरसफाइ स्वच्छता सम्बन्धमा ब्यबस्था गर्न बनेको बिधेक २०७९ सर्बसम्मत सभाले पारीत गरेको हो ।आर्थिक बर्ष २०७९/८० को आर्थिक बजेट पालिका उपाध्यक्ष पिमा खड्काले सभा समक्ष प्रस्तुत गर्नुभएको थियो भने सरसफाइ तथा स्वच्छता सम्बन्धि बनेको बिधेक सामाजिक विकाश समितीका सयोजक रोशन जङ शाहले सभा समक्ष प्रस्तुत गर्नुभएको थियो ।