सूचनाहरु
व्यक्तिगत घटना दर्ता सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रम
दंगीशरण गाउँपालिका ६ नं. वडा कार्यालयको आयोजनामा संचालित व्यक्तिगत घटना दर्ता सम्बन्धि दुई दिने अभिमुखीकरण कार्यक्रम आज मिति २०७५।०१।२२ सम्पन्न गरिएको छ । ६ वटा टोल र एक विद्यालय स्तरिय कार्यक्रम संचालन गरि एक कार्यक्रमका बीच समापन गरिएको हो । दंगीशरण गाउँपालिका वडा नंं ६ का वडा अध्यक्ष टंक बहादुर वलीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले रहनु भएको थियो । तालिम समापन गर्दै प्रमुख प्रशासकीय अधिकृत बस्नेतले व्यक्तिको व्यक्तिगतको जन्म, मृत्यु, विवाह, वसाईसराई र सम्बन्धविच्छेद जस्ता घटनाहरुको अनिवार्य रुपमा दर्ता गरी व्यक्तिको घटना कानूनीस्तर कायम गर्न तालिमले सहयोग पुग्ने बताउनुभयो । व्यक्तिगत घटना दर्ता प्रणलीलाई राज्यको प्रशासनिक अभिलेख र जनसांख्यिक तथ्यांकको लागि आधारस्तरभको रुपमा लिएको बताउँदै व्यक्तिगत घटनाको स्थाीय निकाय देखि केन्द्रीयस्तरसम्म जनसांख्यिक तथ्यांकको विवरण प्राप्त गर्न यसले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।
व्यक्तिलाई मात्र असर वा प्रभाव नपारी समाज, राष्ट्र वा त्यस भन्दा बाहिर गएर क्षेत्रीय र अन्तर्राष्ट्रिय स्तरसम्म सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिक जनसाख्यिक रुपमा व्यक्तिगत घटनाले प्रभाव पारेका बताउँदै व्यक्तिगत घटना दर्ताप्रति सबैले चासो दिनुपर्ने बताउनुभयो ।
कार्यक्रममा दंगीशरण गाउँपालिका गाउँकार्यपालिका सदस्य हिरा चौधरीले राज्यको प्रमुख ध्येय नागरिकहरुको सुरक्षा र हक हितको प्रवद्र्धन गर्ने बताउँदै नागरिकहरुलाई राज्यवाट प्रंदान गरिने सेवा—सुविधा सरल, सहज र प्रभावकारी रुपमा जवाफदेही र उत्तरदायीत्वका साथ प्रदान गर्न नागरिकहरुको अभिलेख व्यवस्थापन गरिनु आवश्यक भएको बताउनु भयो । यस वडामा व्यक्तिगत घटना दर्ता गर्ने कार्य न्यून रहेको बताउँदै व्यक्तिका जीवनमा निरन्तर घटिरहने जन्म, मत्यु, विवाह आदि व्यक्तिगत घटनाहरु दर्ता गरी व्यक्तिको पहिचान तथा कानुनी अधिकार स्थापना गर्न प्रोत्साहित गर्ने उद्देश्यले ६ नंं वडाका ६ वटा टोल र एउटा विद्यालय स्तरीय तालिम संचालन गरिएको बताउनुभयो । कार्यक्रमको संचालन दंगीशरण गा.पा.का कम्प्यूटर अपरेटर मस्त वीर चौधरीले संचालन गर्नुभएको थियो ।
७ वटा समूहमा संचालन गरिएका तालिममा करिब ३०० जनालाई प्रशिक्षण दिइएको थियो । प्रशिक्षण कार्यक्रममा व्यक्तिगत घटना दर्ताको परिचय, अवधारणा र विकास, महत्व र उद्देश्य, व्यक्तिगत घटना दर्ता प्रक्रिया र आवश्यक कागजपत्रहरु, घटना दर्ता गर्ने कर्तव्य भएको व्यक्तिको बारेमा जानकारी, सूचकले भर्नुपर्ने अनुसूचिका बारेमा जानकारी, घटना विवरण सच्याउने आवश्यक कागजपत्र र तरिका तथा न्यायिक समितिमा उजुरी दिने प्रक्रिया तथा न्याय सम्पादनका विषयमा जानकारी प्रदान गरिएको थियो । ७ वटा समूहमा संचालन भएको प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेत, क.अ. मस्त वीर चौधरी, ख. ध्रुब अधिकारी, देव बहादुर डाँगी, हिरा चौधरी, नरेन्द्र राज शर्मा लगाएतले प्रशिक्षण दिनुभएको थियो ।