FAQs Complain Problems

एम्बुलेन्स हस्तान्तरण कार्यक्रम सम्पन्न

दंगीशरण गाउँपालिकाले आज एक कार्यक्रमका बिच एम्बुलेन्स हस्तान्तरण गरेको छ । हेकुली स्वास्थ्य चौकी र गोल्टाकुरी स्वास्थ्य चौकीको लागि १/१ वटा एम्बुलेन्स गाउँपालिकाले प्रदान गरेको हो ।

हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले अब दंगीशरणमा स्वास्थ्य समस्या बाट कोही पनि बञ्चित हुन नपर्ने बताउनु भयो । गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी र उपाध्यक्ष पिमाकुमारी वलीको उपस्थितीमा एम्बुलेन्स हस्तान्तरण गरिएको हो । दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,  सबै वडाका वडाध्यक्षहरु सहित जनप्रतिनीधिहरु तथा गाउँपालिकामा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एम्बुलेन्स हस्तान्तरण गरिएको थियो ।

गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले संयुक्तरुपमा हेकुली स्वास्थ्य चौकीका प्रमुख टेकबहादुर खत्री तथा गोल्टाकुरी स्वास्थ्य चौकीका नि. प्रमुख प्रदिप योगीलाई एम्बुलेन्सको साँचो बुझाएर हस्तान्तरण गर्नुभएको थियो । दंगीशरण गाउँपालिका अन्तरगत रहेका सबै स्वास्थ्य संस्थाहरुमा अब १/१ बटा एम्बुलेन्स संचालनमा हुने स्वास्थ्य शाखाका संयोजक दशरथ गिरीले जानकारी दिनुभयो । तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।

आर्थिक वर्ष: