सूचनाहरु
दंगीशरण गाउँपालिकाको परिचय
दंगीशरण गाउँपालिका प्रदेश नं. ५ को दाङ जिल्लामा रहेको एउटा स्थानीय तह हो ।साविकका गोल्टाकुरी , हेकुली , र श्रीगाउँ गाविस मिलेर बनेको दंगीशरण गाउँपालिकाको क्षेत्रफल ११०.७१ वर्ग किमि र जनसंख्या २३६६८ (२०७८ को जनगणना अनुसार) रहेको छ । गाउँ कार्यपालिकाको कार्यालय हेकुलीमा रहेको छ ।
सीमानाः
पूर्वः तुलसीपुर उपमहानगरपालिका पश्चिमः बबई गाउँपालिका
उत्तरः शान्तिनगर गाउँपालिका दक्षिणः लमही नगरपालिका र बाँके जिल्ला
भौगोलिक अवस्थिती:
आक्षांश: २८००’५४.८२” देखि २८०९’१६” उत्तरी
देशान्तर: ८२०५’२८.७०” देखि ८२०१३’४०.७९” पूर्वी
वडा विवरणः
क्र.सं | वडा नं. | परिवार संख्या | जम्मा जनसंख्या | पुरुष | महिला | परिवारको औषत | लैंगिक अनुपात |
१ | १ | ५९३ | २२४६ | १०२२ | १२२४ | ३।७९ | ८३।५ |
२ | २ | ७३९ | २९७९ | १३८८ | १५९१ | ४।०३ | ८७।२४ |
३ | ३ | ८८८ | ३५०६ | १६२९ | १८७७ | ३।९५ | ८६।७९ |
४ | ४ | ६८४ | २९४६ | १४१९ | १५२७ | ४।३१ | ९२।९३ |
५ | ५ | ९१९ | ३७२४ | १७५९ | १९६५ | ४।०५ | ८९।५२ |
६ | ६ | १०४९ | ४३७४ | २१३१ | २२४३ | ४।१७ | ९५।०१ |
७ | ७ | ९५३ | ३८९३ | १८४९ | २०४४ | ४।०८ | ९०।४६ |
जम्मा | ५८२५ | २३६६८ | १११९७ | १२४७१ | ४।०६ | ८९।७८ |
दंगीशरणको अधिकतम तापक्रम ३४.९ डिग्री सेल्सियससम्म पुग्छ भने हिउँदमा न्यूनतम ४.८ डिग्री सेल्सियससम्म पुग्न जान्छ । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरूको बसोबास रहेको छ । राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार सबैभन्दा बढी थारु जाति ९,८०७ जना (४५.६५%), दोस्रोमा क्षेत्री ६,३२९ (२९.४६%) र तेस्रोमा ब्राहृमण (पहाडी) १,०६० (४.६९%) हरूको बसोबास रहेको छ ।
गाउँपालिकाको औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ भने स्थानीय बासिन्दाको अरु आम्दानीको श्रोतको रुपमा साना उद्योग, व्यापार, सेवामुलक व्यवसाय, नोकरीको साथै वैदेशिक रोजगारी पनि हो । परम्परागत प्रणालीको कृषि व्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने क्रम अत्यधिक बढिरहेको छ । यस गाउँपालिकामा आधारभूत देखि उच्च शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्था पर्याप्त मात्रामा रहेका छैनन् ।
प्राविधिक तथा थप गुणस्तरीय शिक्षाको लागि गाउँपालिकाबाट अध्ययनका लागि स्थानीय विद्यार्थीका अन्य क्षेत्र जाने गरेका छन् । अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागरिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयनमा कठिनाई तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातिका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चार्डपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघी, होली, महाशिवरात्री, रामनवमी, कृष्णजन्माष्टमी, बकरइद, अट्वारी, बुद्ध जयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चार्डपर्वको रुपमा रहेको पाईन्छ ।