सूचनाहरु
सूचना तथा समाचार
-
-
-
दंगीशरण गाउँपालिकाले वडा कार्यालयहरु मार्फत दोस्रो चरणसम्मको राहत वितरण कार्य सम्पन्न गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस तथा सोको संक्रमणबाट लाग्ने कोभिड-१९ रोकथाम तथा नितरन्त्रणको नेपाल साराकारले निर्णयानुसार जारी रहेको बन्दाबन्दी (लकडाउन) को कारणबाट समस्यामा परेका असंगठित क्षेत्रमा कार्यरत श्रमिक , मजदुर , विपन्न तथा असहाय वर्गलाई दैनिक खानपिनमा समस्या पर्न नदिनको लागि दंगीशरण गाउँपालिकाले आवश्यकता अनुसार चरणबद्ध राहत उपलब्ध गराउँदै आएको छ ।
पहिलो चरणमा २३० घरपारिवारलाई राहत वितरण गरिेको थियो भने दोस्रो चरणमा ५२९ परिवारलाई राहत वितरण गरियो ।
थप विवरण तलको फोटोमा उल्लेख गरिएको छ ।
-
-
-
-
-
-
मकर संक्रान्ती पर्व २०७६ तथा थारु समुदायको महान् चाड माघी एवं नयाँ वर्ष थारु सम्वत् २६४३ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका दंगीशरण गाउँपालिकावासी आमाबुवा , दाजुभाई , दिदीबहिनी लगायत सम्पूर्ण महानुभावहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।
- दंगीशरण गाउँपालिका परिवार
-