FAQs Complain Problems

सूचना तथा समाचार

  • दंगीशरण गाउँपालिकाले आज एक कार्यक्रमका बिच एम्बुलेन्स हस्तान्तरण गरेको छ । हेकुली स्वास्थ्य चौकी र गोल्टाकुरी स्वास्थ्य चौकीको लागि १/१ वटा एम्बुलेन्स गाउँपालिकाले प्रदान गरेको हो ।

    हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले अब दंगीशरणमा स्वास्थ्य समस्या बाट कोही पनि बञ्चित हुन नपर्ने बताउनु भयो । गाउँपालिकाका अध्यक्ष भागिराम चौधरी र उपाध्यक्ष पिमाकुमारी वलीको उपस्थितीमा एम्बुलेन्स हस्तान्तरण गरिएको हो । दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल,  सबै वडाका वडाध्यक्षहरु सहित जनप्रतिनीधिहरु तथा गाउँपालिकामा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एम्बुलेन्स हस्तान्तरण गरिएको थियो ।

    गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षले संयुक्तरुपमा हेकुली स्वास्थ्य चौकीका प्रमुख टेकबहादुर खत्री तथा गोल्टाकुरी स्वास्थ्य चौकीका नि. प्रमुख प्रदिप योगीलाई एम्बुलेन्सको साँचो बुझाएर हस्तान्तरण गर्नुभएको थियो । दंगीशरण गाउँपालिका अन्तरगत रहेका सबै स्वास्थ्य संस्थाहरुमा अब १/१ बटा एम्बुलेन्स संचालनमा हुने स्वास्थ्य शाखाका संयोजक दशरथ गिरीले जानकारी दिनुभयो । तस्विरहरु हेर्न यहाँ क्लिक गर्नुहोस् ।

  • दंगीशरण गाउँपालिकाको कार्यालय र अन्तरगत पर्ने कार्यालयमा कार्यालयमा कार्यरत कर्मचारीहरुको संयुक्त आयोजनामा मिति २०७६ साल कार्तिक ३० गते शनिवार पर्यटकीय तथा धार्मिकस्थल बाह्रकुने तााल बराह क्षेत्रमा रमाईलो वनभोज कार्यक्रम सम्पन्न भयो । यस वर्ष समायोजन भएर दंगीशरणमा आउनुभएका नयाँ तथा पहिलेदेखी नै कार्यरत कर्मचारीवीचमा  नजिकबाट चिन्ने अवसर समेत मिलेको थियो ।

    वनभोज कार्यक्रमका थप तस्विर हेर्न यहाँ क्लिक गर्नुहोस ।

  • हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशैं , दिपावली , नेपाल संवत् तथा छठ पर्व २०७६ को पावन अवसरमा यस दंगीशरण गाउँपालिकावासी आमा-बुवा , दाजुभाई , दिदिबहिनी तथा  स्वदेश एवं विदेशमा रहनुभएका सम्पूर्ण महानुभावहरुमा सुख , शान्ति तथा संवृद्धीको कामना सहित सुस्वास्थ्य ,दीर्घायू तथा उत्तरोत्तर प्रगतिको लागी हार्दिक मंगलयम शुभकामना व्यक्त गर्दछौं ।

    - भागिराम चौधरी , अध्यक्ष
    - पिमाकुमारी वली खड्का , उपाध्यक्ष
    - चन्द्रकान्त पौडेल , प्रमुख प्रशासकीय अधिकृत
        तथा
     दंगीशरण गाउँपालिका परिवार

  • विविध कार्यक्रमको आयोजना गरेर दंगीशरण गाउँपालिकाले राष्ट्रिय तथा संविधान दिवस २०७६ मनाएको छ । दिवसको अघिल्लो दिन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त पौडेल सहित सबै वडा कार्यालय तथा शाखाहरुमा कार्यरत कर्मचारीहरुको सहभागितामा सरसफाई कार्यक्रम आयोजना गरिएको थियो ।

    संविधान दिवसको अवसरमा गाउँपालिकाको कार्यालय , वडा कार्यालयहरु तथा अन्य महत्त्वपूर्ण सार्वजनिक स्थानहरुमा दिपावली  गरिएको छ ।

     

     

    थप तस्विरहरु हेर्न यहां क्लिक गर्नुहोस्

Pages

//