दंगीशरण गाउँपालिकामा २०७६/१/१३ गते समपन्न भएको छात्रामैत्री विद्यालय सुधार योजना अद्यावधिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सिडको आयोजनामा सञ्चालन भएको कार्यक्रममा छात्राहरुको समस्यालाई मध्यनजर गर्दै बिद्यालयलाई छात्रामैत्री बिद्यालयको रुपमा परिचित गराउँन कक्षा कोठामै छात्राहरुलाई नेतृत्व गर्न सक्ने सीपको विकाश गर्नुपर्ने कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् ।
सूचनाहरु
सूचना तथा समाचार
-
-
कार्यक्रमको नाम: ०७५/७६ को स्वीकृत बजेटअनुसार ७५% अनुदानमा बोयर बोका वितरण कार्यक्रम
माग कसले गर्ने : साविकको जिल्ला पशु सेवा कार्यालय वा गाउँपालिकामा दर्ता भएका समूह , सहकारी र घरेलु तथा साना उद्योगमा दर्ता भएका व्यवसायिक बाख्रापालन फर्मले
माग गर्ने अन्तिम म्याद : २०७६ साल बैशाख १९ गतेसम्म
आवश्यक कागजातहरु :
१. आवेदक दंगीशरण गाउँपालिकाको स्थायी वासिन्दा हुनेपर्ने
२. समुह/सहकारी/उद्मीको दर्ता प्रमाणपत्रको प्रतिलीपी १ थान ।
३. ७५ % अनुदानमा बोयर बोका माग गरेको निर्णयको प्रतिलीपी १ थान ।
४. रु. १० को टिकट र आवेदन ।
५. सम्बन्धीत वडा कार्यालयको सिफारीस ।
६. नागरिकताको प्रमाणपत्रको प्रतिलीपी
थप सम्पर्कको लागि:
पशु सेवा शाखा।
-
श्री सबै वडा कार्यालय ,
दंगीशरण गाउँपालिका ।
-
दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री चन्द्रकान्त पेडेलको नेतृत्वमा मिति २०७६/१/९ गते गाउँपालिकाको १ र २ नं. वडा कार्यालय अन्तर्गत पर्ने कार्यालयहरुमा भेटघाट तथा योजनाहरुको अनुगमन कार्य सम्पन्न भएको छ । सो क्रममा प्रमुख प्रशासकीय अधिकृत श्री पौडेलले वडा कार्यालयहरु तथा श्री प्रावि ठाँटी लगायतका स्थानमा पुगी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आग्रह गर्दै सोको लागि गाउँपालिकाले साथ र सहयोग गर्ने बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत सँगै शिक्षा विभागका शाखा अधिकृत विनोद अधिकारी , रोजगार संयोजक संतोष गिरी , अमिन विनिता गिरी , प्रेस संयोजक दिप्तीशिखा चौधरी लगायतको टोलिले भेटघाट तथा अनुगमन गरेको थियो ।
-
दंगीशरण गाउँपालिकामा सरुवा भएर आउनुभएका नयाँ प्रमुख प्रशासकीय अधिकृत श्री चन्द्रकान्त पौडेललाई एक कार्यक्रमको आयोजना सहित स्वागत गरिएको छ । सोही अवसरमा भर्खरै समायोजन भई आउनुभएका लेखा अधिकृत श्री सोमराज डाङ्गी , खरिदारद्वय श्री प्रेम चौधरी तथा श्री दीपक केसी सहित रोजगार संयोजक श्री संतोष गिरीलाई सफल कार्यकालको शुभकामना सहित स्वागत गरिएको छ । गाउँपालिकाका अध्यक्ष श्री भागीराम चौधरीको अध्यक्षता रहेको उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष श्री पिमाकुमारी खड्का वली , वडाध्यक्षज्यूहरु लगायत जनप्रतिनिनिधिहरु , गाउँपालिकाका कर्मचारीहरू , विभिन्न विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।
-
-
-
-
-






