FAQs Complain Problems

सूचना तथा समाचार

  • प्रधानमन्त्री रोजगार कार्यक्रमको लागि यस आ.व. मा बेरोजगारहरुबाट प्राप्त आवेदनहरुको  वडागत संख्या विवरण यसप्रकार रहेको छ ः

    क्र.सं. वडा नं. आवेदन संख्या
    ३०८
    ३६५
    ६३०
    ५२५
    ६३२
    ९४०
    ४६२
      जम्मा ३८६२

     

     

     

  • कार्यक्रमको नाम : ७५% अनुदानमा थोपा सिचाई सहित प्लाष्टिक टनेल वितरण कार्यक्रम

    लक्षित वर्ग : रित पूर्वक दर्ता भएका कृषक समूह  , सहकारी तथा उद्यमी

    आवश्यक काजगातहरु: समूह/ व्यवसाय दर्ताको प्रमाणपत्रको प्रतिलिपी , ७५% अनुदानमा थोपा सिचाई सहित प्लाष्टिक टनेल माग गरेको बैठकको निर्णयको प्रतिलिपी , रु. १०को टिकट सहित आवेदन

    अन्तिम म्याद : २०७६/१/२५ गतेसम्म

    थप सम्पर्कको लागी: ९८४४८२२१५७

  • ,

    दंगीशरण गाउँपालिकामा २०७६/१/१३ गते  समपन्न भएको छात्रामैत्री विद्यालय सुधार योजना अद्यावधिक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । सिडको आयोजनामा सञ्चालन भएको कार्यक्रममा  छात्राहरुको समस्यालाई मध्यनजर गर्दै बिद्यालयलाई छात्रामैत्री बिद्यालयको रुपमा परिचित गराउँन कक्षा कोठामै छात्राहरुलाई नेतृत्व गर्न सक्ने सीपको विकाश गर्नुपर्ने कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । 

  • कार्यक्रमको नाम: ०७५/७६ को स्वीकृत बजेटअनुसार ७५% अनुदानमा बोयर बोका वितरण कार्यक्रम

    माग कसले गर्ने : साविकको जिल्ला पशु सेवा कार्यालय वा गाउँपालिकामा दर्ता भएका समूह , सहकारी र घरेलु तथा साना उद्योगमा दर्ता भएका व्यवसायिक बाख्रापालन फर्मले

    माग गर्ने अन्तिम म्याद : २०७६ साल बैशाख १९ गतेसम्म

    आवश्यक कागजातहरु :

    १. आवेदक दंगीशरण गाउँपालिकाको स्थायी वासिन्दा हुनेपर्ने

    २. समुह/सहकारी/उद्मीको दर्ता प्रमाणपत्रको प्रतिलीपी १ थान ।

    ३. ७५ % अनुदानमा बोयर बोका माग गरेको निर्णयको प्रतिली‍पी १ थान ।

    ४. रु. १० को टिकट र आवेदन ।

    ५. सम्बन्धीत वडा कार्यालयको सिफारीस ।

    ६. नागरिकताको प्रमाणपत्रको प्रतिलीपी

    थप सम्पर्कको लागि:

    पशु सेवा शाखा।

     

  • श्री सबै वडा कार्यालय ,

    दंगीशरण गाउँपालिका ।

  • दंगीशरण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्री चन्द्रकान्त पेडेलको नेतृत्वमा मिति २०७६/१/९ गते गाउँपालिकाको १ र २ नं. वडा कार्यालय अन्तर्गत पर्ने कार्यालयहरुमा भेटघाट तथा योजनाहरुको अनुगमन कार्य सम्पन्न भएको छ । सो क्रममा प्रमुख प्रशासकीय अधिकृत श्री पौडेलले वडा कार्यालयहरु तथा श्री प्रावि ठाँटी लगायतका स्थानमा पुगी सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन आग्रह गर्दै सोको लागि गाउँपालिकाले साथ र सहयोग गर्ने बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत सँगै शिक्षा विभागका शाखा अधिकृत विनोद अधिकारी , रोजगार संयोजक संतोष गिरी , अमिन विनिता गिरी , प्रेस संयोजक दिप्तीशिखा चौधरी लगायतको टोलिले भेटघाट तथा अनुगमन गरेको थियो ।

  • दंगीशरण गाउँपालिकामा सरुवा भएर आउनुभएका नयाँ प्रमुख प्रशासकीय अधिकृत श्री चन्द्रकान्त पौडेललाई एक कार्यक्रमको आयोजना सहित स्वागत गरिएको छ ।  सोही अवसरमा भर्खरै समायोजन  भई आउनुभएका लेखा अधिकृत श्री सोमराज डाङ्गी , खरिदारद्वय श्री प्रेम चौधरी तथा श्री दीपक केसी सहित रोजगार संयोजक श्री संतोष गिरीलाई सफल कार्यकालको शुभकामना सहित स्वागत गरिएको छ  । गाउँपालिकाका अध्यक्ष श्री भागीराम चौधरीको अध्यक्षता रहेको  उक्त कार्यक्रममा  गाउँपालिकाका उपाध्यक्ष श्री पिमाकुमारी खड्का वली , वडाध्यक्षज्यूहरु लगायत जनप्रतिनिनिधिहरु , गाउँपालिकाका कर्मचारीहरू , विभिन्न विद्यालयका प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।

     

Pages